२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च शिक्षा आयोगको म्याद थप्न आग्रह

अ+ अ-

काठमाडौं । पाँच महिनाअघि गठन भएको उच्च शिक्षा आयोगले चार महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार बसेको आयोगको बैठकले तल्लो तहसम्म पुगेर सुधारका लागि सुझाब संकलन गर्नुपर्ने भएकाले म्याद थप्नुपर्ने निर्णय गरेको हो ।

आयोगका सदस्यसचिव तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले आयोग मन्त्रिपरिषद्को निर्णयबाट गठन भएको र यसको समय थप्न शिक्षा मन्त्रालयले प्रस्ताव लैजाने बताए । सम्भवतः शिक्षा मन्त्रालयले शुक्रबार नै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको लम्सालले बताए ।

१९ भदौमा मन्त्रिपरिषद्ले शिक्षामा सुधारका लागि सुझाबसहितको प्रतिवेदन दिने गरी आयोग गठन गरेको थियो । आयोगले विज्ञ समूह बनाएर मस्यौदा तयार पारेको थियो । आयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षा कस्तो हुने भन्ने विषयमा सुझाबसहितको प्रारम्भिक मस्यौदा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बुझाएको छ ।

आयोगले यो अवधिमा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्था तथा व्यक्तिगत रूपमासमेत सुझाब संकलन गरेको थियो । आयोगले प्रश्नावली बनाएरसमेत सुझाब लिएको थियो । प्रारम्भिक मस्यौदामा कूटनीतिक नियोगले सञ्चालन गरेका बाहेक सबै विदेशी कोर्स सञ्चालन गर्ने विद्यालय बन्द गर्न, निजी विद्यालयमा पढाउनेलाई अतिरिक्त करको व्यवस्था गर्नलगायत सुझाब दिएको छ ।

आयोगले मंगलबार प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्मको शिक्षा कस्तो हुने भन्ने मार्गचित्रसहितको प्रारम्भिक प्रतिवेदन बुझाएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments