२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभा बैठक तयारी तीव्र : संसद्का कर्मचारी मुकाम खटिए

अ+ अ-

काठमाडौं । प्रदेशसभा बैठक तयारीका लागि संघीय संसद् सचिवालयले सहसचिवको नेतृत्वमा सातै प्रदेशमा कर्मचारी खटाएको छमुख्य सचिव लोकदर्शन रेग्मी र संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईबीचको समझदारीअनुरुप सातै प्रदेशमा संघीय संसद्का कर्मचारी खटिएका हुन् ।

संसद्को कर्मचारी प्रत्येक प्रदेशको मुकाममा पुगिसक्दा पनि सरकारका तर्फबाट भने आवश्यक कर्मचारी पुगिसकेका छैनन् । सहसचिवको नेतृत्वमा केन्द्रबाट ४–४ जना गरी २८ जना कर्मचारी खटाइएको संघीय संसद्का प्रवक्ता डा. भरतराज गौतमले बताए । ‘संघीय संसद्बाट खटिएका कर्मचारीले प्रदेश बैठकको तयारीका साथै त्यसका लागि आवश्यक पर्ने कानुन निर्माणसम्मको भूमिका खेल्नेछन्,’ डा. गौतमले नागरिकसँग भने, ‘सम्बन्धित प्रदेशका कर्मचारीलाई प्रशिक्षण पनि दिनेछन् ।’ उनका अनुसार संसद्का कर्मचारी सम्बन्धित मुकाममा पुगी आफ्नो कार्यसम्पादन गरिसकेका छन् ।

संसद् सचिवालयले प्रदेश १ को विराटनगरमा सहसचिव ध्रुव घिमिरे, प्रदेश नम्बर २ को जनकपुरमा सहसचिव वंशीराज पौडेल, प्रदेश नम्बर ३ को हेटौंडामा सहसचिव रोजनाथ पाण्डे, प्रदेश ४ को पोखरामा सहसचिव जीवराज बुढाथोकी, प्रदेश ५ को बुटवलमा सहसचिव सुरेन्द्र अर्याल, प्रदेश ६ को सुर्खेतमा सहसचिव कृष्णहरि खड्का र प्रदेश ७ को धनगढीमा सहसचिव मुरारी महतलाई खटाएको छ । प्राविधिकसहित सहसचिव नेतृत्वमा ४–४ जना कर्मचारी पनि सम्बन्धित मुकाममा पुगेर काम थालेका छन् । उक्त टोलीले प्रत्येक प्रदेशमा सभा सञ्चालनको पूर्वतयारी, बैठक सञ्चालन, सभामुख/उपसभामुख चयन, कार्यविधि र नियमावली निर्माणलगायतका विषयमा सहजीकरण गर्नेछन् ।

सम्बन्धित प्रदेशमा संसद्का कर्मचारी पुगे तापनि सरकारले खटाउनुपर्ने कर्मचारी नपुग्दा सहजीकरण हुन नसकेको रिपोर्ट संसद् सचिवालयमा आएको छ । ‘प्रदेश मुकाममा पुगेका सहसचिवहरुले सरकारले पठाउनुपर्ने र नियुक्त गरिदिनुपर्ने कर्मचारी नपुग्दा समस्या भइरहेको रिपोर्ट दिएका छन्,’ गौतमले भने, ‘सरकारले खटाउनुपर्ने कर्मचारी तयार पारिदिए प्रदेशसभा बैठक सञ्चालनमा सहयोग पुग्नेछ ।’ उनका अनुसार बैठक सञ्चालन गर्न आवश्यक कर्मचारीको व्यवस्था सरकारले समयमै गर्न नसके अप्ठ्यारो पर्नेछ । केन्द्रबाट खटिएका सहसचिव नेतृत्वमा प्रदेश १ मा माघ २४ गते २ मा २१ गते, ३ मा १८ गते र ४ मा २४ गते प्रदेशसभा बैठक बस्दैछ । यसैगरी, प्रदेश नम्बर ५, ६ र ७ मा २३ गते बैठक बस्दैछ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments