२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली–प्रचण्ड वार्ता : पार्टी एकता प्रक्रिया अन्तिम चरणमा

अ+ अ-

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार करिब तीन घन्टा भएको वार्ता एकता प्रक्रियालाई अन्तिम रूप दिने सहमतिनजिक पुगेको छ । शनिबार दुवै नेताबीच ‘निर्णायक वार्ता’ हुनेछ ।

राष्ट्रिय सभाको सिट बाँडफाँड, प्रदेश सरकार गठन र एकीकृत पार्टीको सांगठनिक ढाँचामा केन्द्रित दुई प्रमुख नेताबीचको वार्ता निर्णायक चरणमा पुगेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । ‘उहाँहरूबीच धेरै राम्रो कुराकानी भएको छ, त्यसैले त्यो कुराकानीलाई निर्णायक पनि भन्न सकिन्छ, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन र पार्टी एकताका सन्दर्भमा संगठनात्मक ढाँचा र सिद्धान्तलगायत विविध प्रश्नमा उहाँहरूबीच लामो छलफल भयो,’ ज्ञवालीले भने, ‘शनिबार पनि छलफल गर्नुहुन्छ र आइतबार पार्टी एकता संयोजन बैठकबाट निर्णय भएपछि सबै प्रक्रिया अब रफ्तारमा अघि बढ्नेछ ।’

स्वास्थ्य उपचार गरेर बैंककबाट ओली बिहीबार फर्किएलगत्तै दुई नेताबीच लामो कुराकानी भएको हो । माओवादी नेता वर्षमान पुनले पनि छलफल धेरै सकारात्मक रहेको र निर्णायक मोडमा पुगेको प्रस्ट संकेत गरे । ‘उहाँहरूबीच करिब तीन घन्टा धेरै सकारात्मक छलफल भएको बुझिएको छ, अब छिटै सकारात्मक परिणाम आउने अपेक्षा गर्न सकिन्छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments