मुटुले गाउने पिरतीको गीत जातले लेख्दैन
आँखामा छाउने मायाको छाया नाकले छेक्दैन
फूलको हाँसो वासना, रङ्ग, फक्रेको मुहार
ऐनाको कैदी उमेरले दिलको दर्द नै देख्दैन
ढुक्ढुकी साट सपना जोडी जिन्दगी रमाउन
ओइलेर झरे जवानैै होस् फूल जूनले टेक्दैन
हातमा हात मायालु साथ सयखोली तरौँला
मख्मली फूलको थुँगालाई चर्काे घामले सेक्दैन
‘कर्म हो धर्म, रगतको मर्म’ गाएरै थर्काइदेऊ
मनैले सुन शान्तिको धून, कानले थेक्दैन