सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जनालाई दुईदिन हिरासतमा राख्न अनुमति  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जनालाई दुईदिन हिरासतमा राख्न अनुमति 


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनामाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ ।

बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाइ द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

विवादमा क्रममा पक्राउ परेका बेहुली पक्षका मानिसहरूको नाम भने गोप्य राखेको छ ।

सम्बन्धित समाचार : सुनको सिक्री नदिएको विषयमा विवाहमा लफडा गर्ने बेहुलासहित ६ जना पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस