कांग्रेस बैठकमा सभापति देउवाको आलोचना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेस बैठकमा सभापति देउवाको आलोचना


५ माघ २०७४, शुक्रबार


काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखे ।

सभापति देउवाले संविधान निर्माण कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्व तथा संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भएको बताएका थिए । उनले निर्वाचनमा नतिजा भने कांग्रेसको पक्षमा नआएको धारणा राखे । देउवाले राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित भएर बोल्न आग्रह गर्दै चुनावी समीक्षा राष्ट्रिय सभाको निर्वाचनपछि बस्ने बैठकमा गरौँला भनेका थिए ।

सभापति देउवापछि बोलेका नेता नवीन्द्रराज जोशीले नेतृत्वको आलोचना गरे । उनले चुनावी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए । पार्टी हार्नुमा अवैधानिक संसदीय समिति र कार्यसम्पादन समिति गठन भएको बताउँदै दुवै समिति खारेज गर्नुपर्ने माग गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस