३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं १ को अस्थायी मुकामका लागि छनोटमा परेका भवन

अ+ अ-

विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना बढेको छ ।

शहरी तथा भवन निर्माण कार्यालयलगायतका टोलीले प्रदेशको अस्थायी मुकामका लागि विराटनगर, इटहरी, धरान र धनकुटाको भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा गत मंसिर २६ गते विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले क्षेत्रीय प्रमुखको कार्यालय÷निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन छनोट गरेको हो ।

क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय÷निवास राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम बस्नेतले जानकारी गराए ।

त्यस्तै जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभाको सचिवालय, वीरेन्द्र सभागृहमा प्रदेश सभाको भवन र क्षेत्रीय सिँचाइ कार्यालयमा मुख्य सचिवको कार्यालय स्थापना गरिनेछ ।

प्रदेश नं १ को मन्त्रालय सञ्चालनका लागि आठवटा कार्यालयको भवन छनोटमा परेको छ । सोअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रणको प्रशासकीय भवन, सुनसरी मोरङ सिँचाइ आयोजनाको भवन, क्षेत्रीय वन तथा तालीम केन्द्रको भवन, जल उत्पन्न कार्यालयको भवन, जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, शहरी विकास आयोजनाको अतिथिगृह र क्षेत्रीय हुलाक कार्यालयको भवन छनोट गरिएको हो ।

यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रदेशका कार्यालय सभाभवन, निवास र मन्त्रालयलगायतका कार्यालयका लागि छनोट भएका स्थानको सम्बन्धमा उचित विकल्प प्राप्त भएको अवस्थामा परिवर्तन पनि हुनसक्ने र यस विषयमा राजनीतिक दलसँग पनि परामर्श लिने जानकारी गराए । छनोटमा परेका भवनमा अविलम्ब मर्मत सम्भार गरिने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस