२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन माओवादी सांसदलाई अनिवार्य उपस्थितिको ‘ह्विप’ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्ने निर्णय गरेको छ । 

सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

‘आजको संसदीय दलको बैठकमा गठबन्धन परिवर्तनपछि माओवादी र गठबन्धनमा संलग्न अन्य दलका नेताहरुको भूमिकाका बारेमा छलफल भएको छ । खास गरेर प्रतिनिधि सभामा विश्वासको मत र राष्ट्रिय सभामा अध्यक्षको निर्वाचन हुँदैछ । अध्यक्ष तथा उपाध्यक्षका लागि गठबन्धनभित्र एकप्रकारको सहमति भएको छ,’ उनले भने, ‘यी सबै विषयवस्तुहरुलाई मध्यनजर गर्दै माओवादी केन्द्रका सांसदहरुलाई प्रतिनिधि सभामा विश्वासको मत दिने बेलामा र राष्ट्रिय सभामा अध्यक्ष एवं उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित हुनका लागि निर्देशन जारी गर्ने निर्णय भएको छ ।’

त्यस्तै, बैठकमा यही फागुन १४ गते प्रस्तुत भएको आउँदो आर्थिक वर्षको प्रि-बजेटको सन्दर्भमा आवश्यक छलफल र परिमार्जन आवश्यक रहेको भन्दै बजेटको प्रभावकारिताका विषयमा विचार राख्ने निर्णय भएको पाण्डेले बताए । 

बैठकमा प्रधानमन्त्री दाहालले सरकारले थालेको सुशासन र समृद्धिको अभियान अगाडि बढाउन अन्य दलहरुसँग सहयोग र सहकार्य गर्नेबारेमा छलफल गरेको पाण्डेले उल्लेख गरे । 

उनले भने, ‘प्रधानमन्त्रीले सुशासन र समृद्धिको अभियान अगाडि बढाउनका लागि सबैले मिलेर अगाडि बढ्न सहयोग गर्ने कुरा गर्नु भएको छ ।’