२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार असुरक्षित थिएन, राजनीतिक कारणले गठबन्धन बदल्नुपर्‍यो : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्तिगत रूपमा नेपाली काँग्रेससँगको सम्बन्ध राम्रो भए पनि राजनीतिक कारणले बाटो परिवर्तन गर्नु परेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकसित घटनाक्रमबाट आफूले सत्ताको धार परिवर्तन गर्नुपरेको स्पष्टीकरण दिएका हुन् ।

‘जिम्मेवारीपूर्वक भन्न चाहन्छु अघिल्लो सत्ता गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रधानमन्त्रीका रूपमा कुनै समस्या वा अप्ठेरोमा थिएन,’ उनले भने, ‘न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थिएन। नेपाली काँग्रेसको नेतृत्व र मेराबीच कुनै समस्या थिएन। टिकिरहनुलाई मात्रै स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन।’ ११ महिनाको साथ र सहयोग प्रति काँग्रेस सभापति शेरबहादुर देउवा र अन्य नेतालाई धन्यवाद दिए। उनले भने,‘हाम्रो निजी सबन्धमा अहिले पनि उत्तिकै सद्भाव छ।’

तर राजनीतिमा व्यक्तिगत सम्बन्धमा भन्दा पनि राजनीति परिणाम निर्णायक हुने आफूलाई लागेको प्रधानमन्त्री दाहालले बताए। त्यसपछि राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा माओवादी केन्द्रभित्र अर्को मनोविज्ञान बनेको उनले बताए।

त्यसपछि महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा जस्तै गरिएको प्रधानमन्त्री दाहालले बताए। यस्तै महासमितिका दस्ताबेजमा र धर्मका नाममा गरिएका गतिविधिले सँगै बस्न सक्ने स्थिति नबनेको उनले बताए।