२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेरामक्स प्रकरणको अनुसन्धान सकियो, अब मुद्दामा जान्छौँ : अख्तियार प्रमुख राई

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणबारेको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याउने बताएका छन्।

लेखा समितिको बैठकमा मंगलबार यसबारे जानकारी गराउँदै अख्तियार प्रमुख राईले टेरामक्स प्रकरणमा बयान सकेर प्रमाणको मूल्यांकन गर्ने काम भइरहेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याएर मुद्दाको चरणमा जाने जानकारी गराएका हुन्।

उनले बैठकमा भने, ‘बयान टुंग्याएका छौँ। प्रमाणको मूल्यांकन गरिरहेका छौँ। चाँडै मुद्दामा जान्छौँ।’

टेरामक्स खरिद प्रकरणमा अख्तियारले तत्कालीन सञ्चारमन्त्री तथा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तथा पूर्वसञ्चारमन्त्रीहरु गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ। स्वास्थ्यमन्त्री बस्नेतले सञ्चारमन्त्री छँदा अर्बौँ मूल्यबराबरको टेरामक्स खरिदको निर्णय घुसाएर यसमा भ्रष्टाचार गरेको आरोप छ।