२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका

अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । दुई वर्षको हुँदा उनलाई आगोले पोलेको हो । जाडोबाट जोगिन अँगेनाछेउमा सुत्दा खुइली पोलिएकी हुन् । आगोले पोलेपछि कपाल डढेको थियो । टाउको खुइलो भएका कारण उनको नाम नै खुइली रह्यो । दाहिने हातको औंलाले खासै काम गर्दैन, देब्रे हातको कुमदेखि पाखुरासम्म पोलेको छ । ‘आगोछेउ सुत्दा राति अँगेनामा परी’, श्यामले भने, ‘लुगा ओढ्न नपाउँदा जाडो छल्न अगेनामा सुत्नुपर्छ ।’ आगोले पोलेपछि पनि खुइलीले उपचार पाइनन् । श्यामले बाख्राको बड्कौला पिनेर लगाए ।

थाप्राङकै विष्णु चेपाङले आफ्नो छोराको नाम गौखुट्टे राखेका छन् । आगोले पोलेर खुट्टामा असर गरेपछि गाईको जस्तो खुट्टा भएकाले ‘गौखुट्टे’ नाम राखेको विष्णुले बताए । आफ्नो बुवाको घरमा गफ गरेर बस्दा गौखुट्टे अँगेनामा परेका हुन् । उनको दुवै खुट्टाको पैतला डढेको छ । आगोको छेवैमा भएको छोरा पोलिँदा सँगै रहेकी आमा निदाएकीले थाहा पाइनन् । छोरो चिच्याएपछि विष्णुले तानेर जोगाए । ‘म अलि टाढा भएको भए कोइला बन्थ्यो होला’, उनले भने ।

एक महिना भरतपुर अस्पतालमा उपचार गराएपछि ठीक भयो तर शरीरका विभिन्न भागमा आगोले पोलेको डाम बाँकी नै छ । जन्मेको केही महिनामै आगोले पोलेपछि उनको पिसाब नै बन्द भएको थियो । शरीरका विभिन्न भाग पोलिएको छ । ‘खुट्टा राम्रो भए त राम्रै नाम राख्न हुन्थ्यो नि’, विष्णुले भने, ‘यसको भाग्य नै यस्तै रै’छ के भन्नु रु’

चेपाङ बालबालिका जाडो छल्न अँगेनामा सुत्ने बाध्यताको सिकार बन्ने गरेका छन् । सानुमाया चेपाङको छोरालाई पनि आगोले पाल्यो । आगोले पोलेर दुवै खुट्टाको औंला नै डढेको छ । निदाएको बेला छोरो आगोमा परेको सानुमायाले बताइन् । पोलेको पीडाले कराएको धेरै बेरपछि थाहा पाउँदा खुट्टा जलिसकेको थियो । घर साँघुरो भएकाले अँगेनाछेउमा सुत्दा आगोले पोलेको उनले बताइन् । दुई छोरामध्ये जेठो जीवनलाई आगोले पोलेको हो । ‘अँगेनाछेउमा सुत्दा आगोमा परेको हो’, उनले भनिन्, ‘छोरालाई आगोले पोलेपछि आगोछेउमा सुत्नै छाडेँ ।’

चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन् । जाडोबाट जोगिनकै लागि आगोको वरिपरि सुत्ने गर्छन् । ओढ्ने लुगा नहुँदा आगोछेउमा सुत्नु उनीहरूको बाध्यता हो । जाडोसँगै सिरेटो बढेपछि अँगेनावरिपरि झुम्मिएर सुत्ने गर्छन् । दाउरा प्रशस्त पाइने हुँदा उनीहरूका लागि जाडोबाट बच्ने विकल्प नै आगो हो ।

‘ओढ्ने–ओछ्याउने लुगा नभएपछि आगोको सहारा लिन बाध्य छन्’, चेपाङ अभियन्ता केपीकिरण शर्माले भने, ‘न्यानो लुगा नहुँदा जोखिम बढेको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments