२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरघरमा भाइरलका बिरामी, तीन सातायता १३ को मृत्यु, १५ सयभन्दा बढी बिरामी

अ+ अ-

जाजरकोट । जाजरकोटको विकट जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोबाट १ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । जुनीचाँदेका १, २, ३ र ११ वडामा ज्वरो फैलिएको हो । बिरामीहरूको सामान्य उपचार भए पनि अझै हरेक घरमा बिरामी छन् । स्वास्थ्य संस्थामा आवश्यक औषधि नभएपछि उपचारमा कठिनाइ भएको छ ।

बडकुले गाउँपालिकाका ३६ भन्दा बढी घरका १ सय ५० जना भाइरलबाट थलिएका छन् । एकै परिवारका ५ जना बिरामी छन् । ३५ वर्षीया आमा तुलसी बुढा, ५ वर्षीय प्रकाश, ८ वर्षीया निर्मला, १० वर्षीय खिमे र १२ वर्षीया खिमेरी भाइरलबाट थलिए पनि उपचार पाएका छैनन् । उक्त गाउँकै परिबहादुर बुढाका घरमा पनि ६ वर्षीय दीपक, २१ वर्षीया मन्दरा, ९ वर्षीय राजेन्द्र र १५ वर्षीय कमल भाइरलले थलिएका छन् । बडकुलेबाट ५ मिनेटको दूरीमा स्वास्थ्य संस्था भए पनि औषधि नभएकाले स्थानीय जाँदैनन् । स्वास्थ्यकर्मीले दिएको सिटामोलले सन्चो नहुने हुँदा स्वास्थ्य संस्थामा नगएको तुलसी बुढाले बताइन् । बरु घरमै बसेर आराम गर्ने र धामीझाँक्रीसँग उपचार गराउने गरेको उनले बताइन् ।

जुनीचाँदे १ को काब्रा र कार्कीगाउँ, बडकुले २ को मजकोट, देसिपाटा, पाल्त, आली, मौगाना ३ को पराले, रावलगाउँ, डाँडाकोट, स्याँला, चौखे र कोर्ताङलगायत गाउँका बासिन्दा भाइरल ज्वरोबाट प्रभावित छन् । भाइरलका कारण बिहीबारसम्म १३ जनाको मृत्यु भइसकेको छ । रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पखाला लाग्नेलगायत समस्याले बिरामी थलिएको उपचारमा संलग्न डा. पवन शाक्यले बताए । बिहीबार मात्र भैरव मावि र डाँडाकोटमा राखिएको शिविरमा ३ सय जनाको उपचार गरेको उनले जानकारी दिए । स्वास्थ्य संस्था र शिविरमा बिरामी नआउँदा रोग नियन्त्रणमा कठिनाइ भएको उनले बताए । शाक्यका अनुसार ५ वर्षमुनिका बालबालिका र दीर्घ रोगका बिरामीमा कडाखालको संक्रमण पाइएको छ ।

स्वास्थ्यचौकी बडकुलेकी इन्चार्ज संगीता शाहले गाउँमा जनचेतनाको कमी, पोसिलो खानेकुरा अभाव, सरसफाइमा ध्यान नदिनु, जाडो बढ्नु, न्यानो कपडा अभाव, दूषित खानेपानी प्रयोगलगायत कारण भाइरलका बिरामी बढेको बताइन् । बिरामीमा देखा परेको लक्षणअनुसार कडाखाले भाइरल (एचवानएनवान) को संक्रमण भएको आशंका गरिएको उनले उल्लेख गरिन् । भाइरलको परीक्षणका लागि बिरामीको खकार बुधबार काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा पठाइएको उनले बताइन् । रोग प्रभावित क्षेत्रमा २ मेडिकल अधिकृतसहित १५ जना स्वास्थ्यकर्मीले उपचार गर्दै आएका छन् । उनीहरूले घरघरमा पुगेर समेत बिरामीको उपचार गर्ने गरेका छन् ।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पनि विशेषज्ञ चिकित्सक र औषधि अभावका कारण रोग नियन्त्रणमा समस्या भएको बताए । प्रकोप फैलिएको ३ साता बित्दा पनि रोग नियन्त्रणमा नआउनु दुस्खद भएको उल्लेख गर्दै उनले यसमा सम्बन्धित निकायले लापरबाही गरेको आरोप लगाए । चिसो बढ्दै जाँदा र भाइरलका बिरामी पनि बढ्न थालेपछि प्रभावित क्षेत्रका विद्यालय एक साताका लागि बन्द गरिएको उनले बताए ।

जिल्ला जनस्वास्थ्य प्रमुख रामबहादुर नेपालीले पनि भाइरलको प्रकोप नियन्त्रणका लागि आवश्यक औषधि र विशेषज्ञ चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा खटिएको जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान र मेडिकल अधिकृत सूर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘बुधबारै विशेषज्ञ चिकित्सकसहितको टोली महामारी फैलिएका क्षेत्रमा गइसकेको छ,’ उनले भने, ‘प्रतिष्ठानको टोलीलाई दुई साताका लागि प्रभावित क्षेत्रमा खटाएका छौं ।’ शिक्षण अस्पतालका अस्पताल निर्देशक धर्मराज गोसाईंले उक्त टोलीले बिरामीको घरदैलोमा पुगेर उपचार गर्ने जनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments