२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरलता फेरी बढ्यो

अ+ अ-

काठमाडौं । मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भइरहेका बेला बैंकिङ क्षेत्र भने अस्थिर बनेको छ । पछिल्लो समय हरेक साता जसो बैंकमा कहिले तरलता अभाव र कहिले अधिक तरलता भई यो क्षेत्र अस्थिर बनेको हो । तरलता अभाव सहज बनाउन राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आइतबार पठाउने निर्णय गरेको थियो । तर, बैंकहरूले भने दुई अर्ब ६३ रुपैयाँ मात्र लिए। गत बुधबार १० अर्ब पठाउँदा २२ अर्ब ६८ करोड रुपैयाँ बैंकले मागेका थिए । एक साता अघि गत आइतबार पाँच अर्ब पठाउँदा १९ अर्बको माग आएपछि राष्ट्र बैंकले तत्कालै १० अर्ब पठाउने निर्णय गरेको थियो ।

अहिले बैंक तथा वित्तीय संस्थामा ५१ अर्ब तरलता भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए। ‘बजारमा एक्कासी अधिक तरलता देखियो’, उनले भने, ‘ब्याजदर करिडोर तल्लो विन्दु तीन प्रतिशतमा झरेको छ। तीन प्रतिशतभन्दा तल ब्याजदर ओर्लिनुको संकेत बजारमा अधिक तरलता हुनु हो ।’

राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेर अल्पकालीन ब्याजदरको सात प्रतिशत अधिकतम र तीन प्रतिशत तल्लो सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले तोेकेको उक्त ब्याजदरको मध्यविन्दु भने पाँच प्रतिशत हो । ब्याजदर घटेर तीन प्रतिशतभन्दा तल ओर्लिएपछि राष्ट्र बैंकले बजारबाट तरलता खिच्न थाल्छ ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र लगानीयोग्य पुँजी बढाउन सहजीकरणका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालय पुगेका थिए । लगानीयोग्य पुँजी अभाव भएको भन्दै निर्णय भएका कर्जामा थोरै रकम दिए पनि नयाँ कर्जा दिन सकेका थिएनन् ।

अहिले बैंकहरूको पुँजी, निक्षेप तथा कर्जा अुनपात (सीसीडी रेसियो) ७७ प्रतिशत छ । निजी बैंकको तुलनामा सरकारी स्वामित्व रहेका बैंक भने केही सहजमा छन् । उनीहरूको ७२ प्रतिशत मात्र सीसीडी रेसियो छ । राजनीतिक पाटीले चुनावमा लागि गरेका खर्च बैंकिङ च्यानलमा आउन थालेकाले तरलता बढेको निर्देशक थापाले कताए। उनले भने, ‘भोलि सोमबार राष्ट्र बैंकले बजारबाट दुई अर्ब उठाउँदै छ ।’

राष्ट्र बैंकले तरलता बढेको तथ्यांक देखाए पनि बैंकरले सहज महसुस गर्नसक्ने अवस्था नरहेको बताए। ‘राष्ट्र बैंकले देखाएको तथ्यांक लगानी गर्न पाइने तरलता होइन, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने, ‘५१ अर्बमध्ये ३० अर्ब त एउटै बैंकसँग मात्र छ ।’ उनले भने, ‘अहिले बैंक मान्छे बिरामी भएको अवस्थामा जस्तै छन् । कहिले कर्जा दिन नसक्ने अवस्थामा पुग्ने कहिले तरलता अधिक हुने उनले गुनासो गरे ।’ राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकहरूले बढी नाफा कमाउन खोज्दा बजार अस्थिर भएको बताए ।

कुनमा कति लगानी गर्न पाउने तोकिए पनि नियामक निकायले त्यसमा सूक्ष्म रूपले ध्यान दिन सेकेको छैन । अभाव देखिएको कर्जा केका लागि हो भन्ने निगरानी हुन सेकेको छैन । अर्कोतर्फ राष्ट्र बैंकले उपलब्ध गराएको रकम भनेको छोटो अवधिका लागि हो। तर, बैंकहरूले भने बढी ब्याजदर तिरे पनि लामो समयका लागि कर्जा चाहेका हुन् । छोटो अवधिको निक्षेपले बजारलाई स्थिर बनाउन नसक्ने उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments