२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाइरल ज्वरोले ९ को मृत्यु , २ सय बढी प्रभावित !

अ+ अ-

काठमाडौं । एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण जाजरकोटमा नौजनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा पाँच बालबालिका र चार वृद्धवृद्धा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका फोकल पर्सन खेम पुनका अनुसार सदरमुकामभन्दा २३ कोस टाढाको जुनीचाँदे गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।

अहिलेसम्म मृत्यु हुनेमा जुनीचाँदे–२ मजकोटकी ५२ वर्षीया धनसरा नाथ र ७२ वर्षका सतरूप शाही, ६२ वर्षीया आइती तिरुवा, फापरबायाँ टोलका ५२ वर्षीय करसिंह टमाटा, स्थानीय रामबहादुर शाहीको पाँच दिनका छोरा, शान्तबहादुर शाहीको दुई महिनाका छोरा, मानबहादुर विकका पाँच महिनाका छोरा, काले दमाईंको सात महिनाका छोरा, बिर्ख नाथकी पाँच वर्षकी छोरी कविता र एक नाम नखुलेको बालक रहेको स्वास्थ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए ।

रुघाखोकी र भाइरल ज्वरो फैलिएको एक साता बित्दा पनि प्रभावित क्षेत्रमा औषधि र चिकित्सक पुग्न सकेका छैनन् । ‘जिल्लाबाट औषधि लिएर गएका स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन्,’ सिंहले भने । प्रभावित क्षेत्र दुर्गम भएका कारण महामारीको खबर बाहिर आउन नसकेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments