२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलो व्यवस्थापन सुस्त : राजधानीमा वायु प्रदूषण बढ्दो

अ+ अ-

काठमाडौं । धुलो व्यवस्थापन सुस्त हुँदा जाडो बढेसँगै उपत्यकामा वायु प्रदूषणको दर बढेको छ । तत्काल व्यवस्थापन गर्न उच्च तहले पटक–पटक निर्देशन दिए पनि सम्बन्धित कार्यालयले व्यवस्थापनमा ढिलाइ गर्दा प्रदूषण बढेको हो ।

गत वर्ष राष्ट्रिय योजना आयोगले अनुगमन गरी धुलो व्यवस्थापन तत्काल गर्न निर्देशन दिएको थियो तर त्यसमा चासो नदिँदा उपत्यकावासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । डेढ महिनादेखि प्रधानमन्त्री कार्यालयले पहल गरे पनि प्रभावकारी रूपमा धुलो व्यवस्थापन हुन सकेको छैन । उपत्यकामा वायु प्रदूषणको मुख्य कारक बनेको धुलो व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ ।

काठमाडौं महानगर र सडक विभागसँग सहकार्य गरेर धुलो व्यवस्थापन गर्न लागिपरे पनि भनेजस्तो काम गर्न नसकेको द्रुत एक्सन टिमका संयोजक नारायण रेग्मीले बताए । सफा उपत्यका बनाउन सम्बन्धित कार्यालयलाई उत्साहित गरेर कार्ययोजना बनाउने लक्ष्यसहित काम सुरु गरेको उनले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले भने तत्काल उपत्यकाका सबै ठाउँ र देशभरि नै धुलो उठाउन लागिपर्ने जनाएको छ ।

योजनाबिना जथाभावी मर्मत र मेलम्चीको पाइप गाड्न भन्दै सडक खनिएपछि धुलो बढेको पाइएको छ । भत्काउनुअघि नै कार्ययोजना बनाएर मात्र काम अघि बढाउनुपर्ने द्रुत एक्सन टिमको सुझाव छ । उपत्यकाको अवस्थालाई हेरेर सडकको धुलो उठाउनुपर्ने, भत्काइएका सडक तत्काल कालोपत्रे गर्नुपर्ने रेग्मीको भनाइ छ ।

चार वर्षयता काठमाडौंको वायु प्रदूषण विकराल बन्दै गएको छ । राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म वायु प्रदूषण हुने गरेको तथ्यांक छ । महानगरले डेढ महिनादेखि ११ सय ९४ टन धुलो संकलन गरी टेकुमा व्यवस्थापन गरिसकेको प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

सुन्धारा, न्युरोड, रत्नपार्क, जमल, लैनचौर, भद्रकाली, सहिदगेट, सिंहदरबार, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, सिंहदरबार परिसर क्षेत्रमा धुलो उठाइसकेको महानगरका वातावरण व्यवस्थापन विभाग कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले बताए । तर टेकु, कलंकी, जोरपाटीलगायत क्षेत्रमा भने धुलो व्यवस्थापन हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments