२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री  

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले क्रिकेटलाई प्रोत्साहन गर्नका लागि सरकारले बजेट थप गर्ने बताएका छन् । 

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाइनल खेलको समारोहमा उनले अरु क्षेत्रको बजेट कम गरेर भए पनि खेलकुद क्षेत्रमा बजेट थप गर्ने र त्यसमा क्रिकेटलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । 

उनले भने, ‘नेपाल सरकारले आउने दिनमा यसमा थप बजेट विनियोजित गर्छ, समग्र रुपमा क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा नेपाललाई पहिचान गराउने महत्त्वपूर्ण विधा भएको हुनाले यसमा पनि खर्च बढाउँछौँ । अरु क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो बजेटमा उल्लेख्य बजेट तप्छौँ । र, त्यसमा पनि सबैभन्दा बढी बजेट क्रिकेटलाई प्रोत्साहन गर्न हामी खर्च गर्छौ । यो विश्वास म अर्थमन्त्रीको नाताले दिलाउन चाहन्छु ।’ 

यस्तै, उनले अन्तराष्ट्रिय स्तरको खेलको अभ्यासको लागि पनि रकम खर्च गर्ने भन्दै स्रोत र साधनले पुगेसम्म क्रिकेटलाई माथि लानको लागि सरकारको पूर्ण सहयोग रहने बताए ।उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको खेल खेल्नको लागि अभ्यासस्वरुप विभिन्न स्थानमा खेलहरू पनि हुने गरेको छ । त्यसको लागि रकम पनि नेपाल सरकारले सुनिश्चित गर्छ, त्यसको विश्वास पनि दिलाउन चाहन्छु । हामीले आफ्नो स्रोत र साधनले पुगेसम्म क्रिकेटलाई माथि लानको लागि नेपाल सरकार र अर्थ मन्त्रालयको पूर्ण सहयोग हुने छ ।’ 

क्रिकेट न्यून साधन स्रोत भए पनि छोटो समयमा नै परिचित हुन सफल भएको उनले बताए । ‘हामी सबैले यसलाई गौरव गर्छौ । यसको सम्भावना पनि छ, त्यसको लागि सरकारले थप प्रोत्साहन गर्न, राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु पनि निमार्ण गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यसै गरी अन्तराष्ट्रिय स्तरमा सहभागी, सफल खेलाडीहरुलाई पनि पुरस्कृत गर्दै जाने छौँ ।’