२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहायक रथीमाथि सेनाको ‘इन्क्वायरी’

अ+ अ-

काठमाडौं । सेनाले कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न रहेको आरोपमा बहालवाला सहायक रथी डा. रमेश विष्टमाथि इन्क्वायरी थालेको छ। सेनाले उनलाई हिरासतमा लिएरै इन्क्वायरी थालेको हो ।

सैनिक स्रोतका अनुसार उनलाई नारायणहिटीस्थित उपत्यका पृतनामा राखेर इन्क्वायरी सुरु गरिएको छ। सैनिक प्रवक्ता गोकुल भण्डारीले सहायक रथी डा. विष्टमाथि इन्क्वायरी सुरु गरिएको बताए । उनलेभ भने, ‘कृषि विकास बैंकको रकम हिनामिनामा संलग्नता हुनसक्ने आधार फेला परेको छ। प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि इन्क्वायरी थालिएको छ ।’ इन्क्वायरीपछि दोषी ठहर भए उनीमाथि कोर्ट मार्सलसम्मको कारबाही हुन सक्छ।

सैनिक प्रवक्ता सहायक रथी भण्डारीले भने, ‘अहिले प्रारम्भिक चरणको छानविन हुँदै छ। छानविनबाट दोषी ठहर भए कानुनबमोजिम कारबाही हुन्छ । दोषी नदेखिए इन्क्वायरी फुकुवा हुन्छ। सत्य तथ्य बाहिर आउनेछ ।’

कृषि विकास बैंक न्युरोड शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि शाखाकी सहायक ट्रेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी घटनाकी मुख्य योजनाकारका रुपमा सिआइबीले पक्राउ गरेको थियो । हिनामिना भएको रकम खोज्दै जाने क्रममा रेग्मीले सेनाका सहायक रथी डा. विष्टबारे बताएकी थिइन् । त्यसपछि सिआइबीले डा। विष्टमाथि अनुसन्धान केन्द्रित गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments