मुख्यमन्त्री शर्माले भने-भूकम्पको पुनर्निर्माणमा प्रदेशलाई संघले भूमिकाविहीन बनायो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मुख्यमन्त्री शर्माले भने-भूकम्पको पुनर्निर्माणमा प्रदेशलाई संघले भूमिकाविहीन बनायो


८ माघ २०८०, सोमबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणको कार्य छिटो अघि बढाउन आग्रह गरेका छन्।

मुख्यमन्त्री शर्माले भूकम्प प्रभावित क्षेत्रमा गरिने पुनर्निर्माणलाई छिटोछरितो गर्न पहल राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका हुन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीसँगको छलफलमा मुख्यमन्त्री शर्माले भूकम्प पश्चातको पुनर्निर्माणमा प्रदेश सरकारलाई संघीय सरकारले भूमिकाविहीन बनाएको भन्दै संघ सरकारले गर्नुपर्ने काम तत्काल गर्न आग्रह गरे।

भूकम्प प्रभावितको खोज, उद्धार, राहत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको प्रदेश सरकारलाई संघले पुनर्निर्माणमा अनुगमनको मात्र जिम्मेवारी दिएर भूमिकाविहीन बनाएको शर्माको भनाइ थियो।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले पुर्ननिर्माण कार्य अघि बढाउन अझै केही समय लाग्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस