२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा ४६ फरार अभियुक्त पक्राउ

अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न मुद्दामा फरार रहेका ४६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला तथा विभिन्न जिल्लाका अदालतबाट सजाय फैसला सुनाइ फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

चालु आर्थिक वर्ष ०७४/०७५ शुरु भएदेखि हालसम्ममा ४६ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

इलाका प्रहरी कार्यालय मेलम्चीले १८, इप्रका बाह्रबिसेले पाँच र इप्रका जलबिरे, नवलपुर तथा जिल्ला प्रहरी कार्यालय गरी जम्मा ४६ जना पक्राउ गरिएको पोखरेलले जानकारी दिए ।

गत आव ०७३/०७४ मा जिल्लाभरिबाट जम्मा २५ जना फरार अभियुक्त पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा १६ वर्षदेखि फरार रहेका मेलम्ची नगरपालिका– १२ का गोकुल भट्टराईसहित चालु आवमा जिल्लाकै सबैभन्दा बढी १८ जना फरार अभियुक्त पक्राउ गरिएको छ ।

अदातलबाट फैसला हुन बाँकी तथा विभिन्न अपराधमा संलग्न रहेका दर्जनौँलाई प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । नागरिकता, राहदानी तथा सरकारी छाप कीर्ते मुद्दामा १० वर्षदेखि फरार मेलम्चीका कुमार पाण्डे तथा नागरिकता मुद्दाका अर्का फरार अभियुक्त मेलम्चीका वाङदोर्जे लामालाई समेत मेलम्ची प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

मेलम्चीका स्थानीय शेरबहादुर माझीले प्रहरीको सक्रियताले फरार अभियुक्त पक्राउ पर्नुका साथै प्रहरीले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउनसक्ने अवस्था सिर्जना भएको बताए ।

सिन्धुपाल्चोकमा मानव बेचबिखन, बहुबिवाह, सवारी ज्यान, कीर्ते नागरिकता तथा सार्वजनिक अपराधका कार्यमा बढी संलग्नता हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । रासस

0 Comments