२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले सार्वजनिक स्थानमा बेच्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदै 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा बिक्री वितरण गर्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ। 

आइतबार महानगरले सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलले बताएको छ ।  

प्रहरीका अनुसार अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्का, पान-पराग चुरोटलगायत सबै किसिमका सुर्तीजन्य पदार्थ नियन्त्रण लिने काम गरिरहेको छ। 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी ऐनले सार्वजनिक स्थलको परिभाषा किटान गरेको छ।

उक्त कानुनले शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ एक सय मिटरसम्म बेच्न र प्रयोग गर्न निषेध गरेको छ।

यसअघि महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो। मंसिर २९ गते उच्च अदालत पाटनले उक्त निर्णय कार्यान्वयन नगर्न आन्तरिक आदेश दिएको थियो।