२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानी ब्युँताउने कसरत

अ+ अ-

काठमाडौं । चीनले तातोपानी नाका पन्छाउँदै केरुङ–रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ । सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साढे पाँच दशक पुरानो नाका ०७२ को महाभूकम्पयता ठप्प थियो । यसअघि चीनले रसुवागढी–केरुङ नाकालाई प्राथमिकता दिँदै तातोपानी नाका स्थायी रूपमा बन्द गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष राखेको थियो ।

केही दिनअघि खासामा भएको द्विपक्षीय सुरक्षा प्रमुखस्तरीय बैठकमा नेपालले तातोपानी नाका बन्द हुँदा आयात–निर्यातमा परेको नोक्सानीबारे अवगत गराएपछि चिनियाँ पक्षले सीमा वारपारको सुरक्षा व्यवस्था बलियो भए नाका खुलाउन सकिने संकेत दिएको हो ।

चीनको सीमा सुरक्षा हेर्ने वरिष्ठ अधिकारी वाङ जिङले नेपाली पक्षसँग नाका खुलाउनुअघि ‘ज्वाइन्ट कमान्ड मेकानिज्म एग्रिमेन्ट’ गर्नुपर्ने प्रस्ताव गरे । वाङले प्रस्ताव गरेको उक्त एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाली पक्ष तयार भए सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेगरी संयुक्त सीमा सुरक्षाफौज गठन हुनेछ ।

गृह मन्त्रालय स्रोतका अनुसार उक्त सहमतिको मस्यौदा सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङमार्फत सरकारलाई प्राप्त भइसकेको छ । एग्रिमेन्टमा दुवैतर्फका सुरक्षाफौजका लागि औपचारिक कार्यालय राख्ने, सीमा क्षेत्रमा निगरानी बढाउने, सीमा क्षेत्रमा भएका गतिविधिबारे एकअर्कालाई उच्च अधिकारीमार्फत जानकारी दिलाउने आदि उल्लेख छन् । ‘यो मेकानिज्मका लागि चिनियाँ पक्षबाट लिखित प्रस्ताव आउनु नै तातोपानी नाका खुलाउने संकेत हो, जो यसअघि भएको थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सरकारले छिट्टै निर्णय गर्ने गरी गृहकार्य भइरहेको छ ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस