२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमा

अ+ अ-

अरु त हाम्रो क्षमता नै के छ र
चिठी लेखपढ गर्न सके भैगो भनेर
स्कुल पठाएथ्यौ आमा !
आज म तिम्रो सङ्घर्षको कथा लेख्दै छु ।
आज म तिम्रो सपना–
आफ्नै निधारमा टलक्क टल्काउन
तिम्रो नाम श्रेष्ठ आमाहरुको सूचीमा
अग्रस्थानमा लेख्न
दौडिदै छु एक अनवरत यात्रा ।

आशिर्वाद देउ आमा–यात्रा हो के ठेगान ?
मेरो जन्मसँगै तिम्रो जीवनमा
जुन औँसी आएको थियो
त्यसैलाई चिर्न एक नवविहान ल्याउँदै छु ।
आमा, तिमी संसारकी सर्वश्रेष्ठ आमा
कुन्तीभन्दा पनि श्रेष्ठ
कुन्तीले कर्ण बगाइन्
आफ्नो जिन्दगी सँगालिन्
तिमि त म सँगै बाकसमा बगेकी थियौ
पाण्डवहरु जन्माउन छाडेर ।

आमा ! मलाई ती प्रत्येक मध्यरातहरु याद छन्
अन्धकार, निष्पट्ट अँध्यारा, सुनसान काला रात
तिम्रो मगजभरी मडारिने
अपमान बोध र पोल्ने पीडाहरुले
रात्रीमा पनि एकै छिन सुस्ताउन दिदैनथे
रात्रीको १२ बजे, १ बजे, २ बजे उठेर
२–३ चिलम तमाखु तान्थ्यौ
सुल्पामा तमाखुसँगै पीडाहरु जलाउने प्रयासमा
एक–एक सर्कोसँगै बर्र्र आँशु झाथ्र्यौ ।
यस्तै श्रृङ्खला दोहोरिरह्यो….
झण्डै डेढ दशक वित्यो
र, त्यसपछि जिन्दगीले एक लय
समातेको छ आमा–

म आमाकै निम्ति एक विहान ल्याउँदै छु
आमा, जिन्दगीमा एक नव आयाम ल्याउँदै छु ।
आमा मलाई जुन ममता दियौ
त्यसको साँटो त के दिन सक्छु र ?
तर यो हृदयको गहिराई देखि
श्रद्धा र सम्मान—
तिम्रो चरणमा उछालिरहने छु
आमा, तिमि रहुन्जुल ।
म रहुन्जेल ।

प्रतिक्रिया दिनुहोस