२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री जम्कट्टेलद्वारा एक वर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ। शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले एक वर्ष पूरा गरेको अवसरमा सरकारले एक वर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक भएको छ ।

आज हेटौँडामा एक वर्षको कामहरूको सार्वजनिकरण कार्यक्रमको आयोजना गर्दा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशभर १ सय ७२ किलोमिटर सडक पिच गरिएको बताए ।

एक वर्षको अवधिमा १ सय ५९ किलोमिटर सडकमा ग्रवेल बिच्छ्याईएको, २६ वटा सडक तथा झोलुङ्गे पुल निर्माण गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । एक वर्षमा सरकारको २४ वटा बैठक बसी १ सय ३८ वटा निर्णय गरिएको उनले बताए ।

एक वर्षको अवधिमा सरकारले सात वटा ऐन प्रदेशसभामा पेश गरेको उनको भनाई थियो । सरकारले एक वर्षको अवधिमा पाच वटा नियमावली राजपत्रमा प्रकाशन गरेको रिर्पोट कार्डमा उल्लेख छ ।

प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेश श्रम तथा रोजगार नीति २०८०, प्रदेश बालबालिकासम्बन्धी नीति २०८०, मानव बेचबिखन ओसारपसार विरुद्धको नीति २०८०, प्रदेश निजामती ऐन २०७९, स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०७९, प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० पारित गरेको छ ।

यो अवधिमा सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ (संशोधन) सालबसाली विनियोजन तथा आर्थिक ऐनहरू, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५९संशोधन०, प्रदेश उच्च शिक्षा नियमावली २०७९ पारित गरेको छ ।

सरकारले एक वर्षको अवधिमा ३३ विद्यालयमा घेरबार गर्नुको साथै ३१ वटा शौचालय निर्माण गरेको जनाएको छ । सरकारले एक वर्षमा हेटौँडा अस्पताललाई ३ सय शय्या, सिन्धुली र धादिङको सरकारी अस्पताललाई १०० शय्या, चौतारा रामेछाप र पशुपति चौलागाई स्मृति अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको छ ।

बागमती प्रदेशको ८ जिल्लामा निर्माणाधीन शितभण्डारको काम ८५ प्रतिशत पुग्नु पनि सरकारले सफलताको श्रेणीमा राखेको छ । 

पुर्णपाठ :

प्रतिक्रिया दिनुहोस