२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपीको पालामा जस्तो नैतिक धरातल अहिलेको काँग्रेसजनमा छैन : डा. यादव

अ+ अ-

काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बीपी कोइरालाको पालाको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नभएको बताएका छन् ।

देशमा दुई वटा संविधान सभाबाट जारी भएको नेपालको संविधानपछि पनि जनताको अवस्थामा देखिने गरी सुधार नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो । बीपीले लिएको गाउँ जोड्ने नीतिलाई मनन् गर्नुपर्ने धारणा राख्दै यादवले पछाडि फर्किने भन्दा बीपी, समाज, राजनीति र अहिलेको व्यवस्थाको अध्ययन गरी गम्भीर भएर अगाडी बढ्नुपर्ने सुझाए ।

बीपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको ‘बीपीवाद’ पुस्तकको शनिबार काठमाडौँमा लोकार्पण गर्दै यादवले बीपीको विचार अजर र अमर रहेको उल्लेख गर्दै बीपीको पालामा जस्तो नेपाली काँग्रेसको दर्शन, विचार र नैतिक धरातल अहिलेको काँग्रेसजनमा नभएको उनको भनाइ थियो ।

‘गौरव गर्छु कि म त्यो (काँग्रेस) संस्थामा छैन । त्यो संस्थाबाट म देशको राष्ट्रपतिसम्म भएँ । त्यो संस्थाको दर्शन बीपीले दिनुभएको थियो र बीपीका जो सहयात्रीहरू थिए–गणेशमानजी, कृष्णप्रसादजी, गिरिजाप्रसाद कोइरालालगायतको नैतिक धरातल अहिलेको काँग्रेसीमा खोज्यौँ भने हामी आफैँ बुझिहाल्छौँ,’ डा.यादवले भने । बीपीको फिजिसिएन बनेर काम गरेको स्मरण गर्दै डा.यादवले अब नेपालीहरूमा पछाडि फर्किएर हेर्ने समय नभएको उल्लेख गरे । ‘हामीले बीपीको, लोकतन्त्रको अध्ययन गरेका छौँ । क्षेत्रीय र संसारको राजनीतिको अध्ययन गरौँ । समाज परिवर्तनको इतिहास पढौँ र जहाँसम्म आइसकेका छौँ त्यो भन्दा अगाडि बढ्नको लागि हामीले बाटो खोजौँ । पछाडि फर्केर हेर्ने हाम्रो समय छैन ।’

तीन करोड नेपालीको र राष्ट्रको अस्तित्व जोगाउन साथै देशको अर्थतन्त्र मजबुद बनाउन गम्भीर भएर लाग्नुपर्ने उनको विचार थियो । उनले देशमा रोजगारी नपाएर विदेशिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘आज लाखौँ युवाहरू बाहिर गइरहेका छन् । बीपीले ‘यो गाउँको देश हो र गाउँलाई बनाउनुपर्छ’ भनेर विस्तृत खाका दिनुभएको थियो । त्यसलाई विकाससँग जोडेको भए सायद आज यस्तो स्थिती आउने थिएन । यतातिर विद्धान र सरकारको ध्यान जाओस्’, डा.यादवको आग्रह थियो ।