२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेमिट्यान्सको आय नै घट्यो

अ+ अ-

काठमाडौं । मुलुकमा अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाह (रेमिट्यान्स आय) घटेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा दुई खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १.४ प्रतिशतले कम हो ।

विदेशमा जाने नेपाली कामदारको संख्या घट्दै गएपछि रेमिट्यान्स आयमा गिरावट आउन थालेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । समीक्षा अवधिमा नेपालबाट कामका लागि विदेश जानेको संख्या १ प्रतिशतले घटेको छ । ‘तीन वर्षयता कामका लागि बिदेसिने नेपालीको संख्या लगातार घट्दै आएको छ,’ उनले भने, ‘त्यसकै असर अहिले रेमिट्यान्स आयमा देखिन थालेको हो ।’

नेपालमा दसैँ, तिहारलगायत तथा जाडो मौसमका वेला रेमिट्यान्स बढी भित्रिने गरेको थियो । तर, त्यसको ठीकविपरीत अहिले रेमिट्यान्स आय घटेको छ । काम गर्ने जानेको संख्या घट्दै गएकै कारण अझै रेमिट्यान्स आय घट्न सक्ने थापा बताउँछन् ।

‘पछिल्ला वर्षहरूमा विदेशमा काम गर्न जानेको संख्या घट्दै जाँदासमेत रेमिट्यान्स वृद्धि हुँदा हामी आफैँ छक्क परेका थियौँ,’ उनले भने, ‘तर, त्यसको असर अब देखिन थालेको छ, तत्काल ठूलो दरमा रेमिट्यान्स नघट्ला, तर बढ्ने सम्भावना देखिँदैन ।’ अब रेमिट्यान्समा भर पर्न नहुने उनको भनाइ छ । खाडीमा देखिएको समस्याका कारण पनि नेपालको रेमिट्यान्स आय घटेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments