२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक गतिरोध फुकाउन प्रधानमन्त्री अघि सरे

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध फुकाउन अग्रसरता लिएका छन् । राष्ट्रिय सभा गठन र नयाँ सरकार निर्माण प्रक्रियाबारे दलहरूबीच राय बाझिएपछि उनले शुक्रबार पाँच दलको शीर्ष नेताको बैठक बोलाएका थिए । निर्वाचनपछि शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेता उपस्थित थिए । प्रधानमन्त्री देउवाले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् ।

पाँच दलको बैठकमा नेताहरुले आ–आफ्नै अडान राखेपछि कुनै सहमति हुन सकेन । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशलाई छिटो स्वीकृत गरी राष्ट्रिय सभा गठन र नयाँ सरकार निर्माण प्रक्रियाको बाटोलाई सहज बनाइदिन एमाले र माओवादी केन्द्रका शीर्ष नेतालाई आग्रह गरेका थिए । तर, नेता माधव नेपाल, सुवास नेम्वाङसहित बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरे । दलहरू आ–आफ्नै अडानमा रहेपछि बैठक बीना निष्कर्ष सकियो ।

कांग्रेसबाट नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, कानुनमन्त्री यज्ञबहादुर थापा सहभागी थिए । कांग्रेस नेता पौडेलले एकल संक्रमणीय प्रणाली संवैधानिक रहेको भन्दै राष्ट्रिय सभा गठनपछि मात्रै सरकार गठनको बाटो खुल्ने पक्षमा आफूहरू रहेको बताए ।

‘हामीले राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश छिटो स्वीकृत गर्ने वातावरण बनाई राष्ट्रिय सभा र नयाँ सरकार गठनको बाटो खुल्ने गरी अघि बढ्नुस् भन्यौँ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘तर, शुक्रबार बिहानको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले अघि बढाएको अध्यादेश असंवैधानिक छ । बहुमतीय प्रक्रियाबाटै राष्ट्रिय सभा गठन गर्नुपर्छ । संविधानमा एकल संक्रमणीयको विषयमा केही पनि उल्लेख गरेको छैन भन्ने अडान लिनुभयो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments