जीवनको सफरमा क्या अनौठो बात हुन्छ ।।
पीडा त तब हुन्छ जब आफन्तबाटै घात हुन्छ।।
दिनको चर्चा गरि नथाक्ने महोदयहरू,
थाह छैन कि कसो दिन पछि रात हुन्छ ।
उजाड र उराठ हुन्छ हराभरा संसार पनि
झरेर टाढा–टाढा जब बृक्षको पात हुन्छ।
विद्वोताको कुरा गर्नुको औचित्य नै के,
जब जगतमा उल्लु नै उल्लुको खात हुन्छ ।
पराइलाई मात्र दोषी भन्नू कसरी हजुर,
जब घातप्रतिघातमा आफन्तकै हात हुन्छ ।