२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा नाप्न सुरु

अ+ अ-

काठमाडौं । नापी विभागले छिमेकी भारत र चीनको भूमिलाई आधार बनाएर सगरमाथाको उचाइ मापन सुरु गरेको छ । भारतको समुद्री भूमि र चीनतर्फ ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस), ग्राभिटीलाई आधार मानेर मापन सुरु गरिएको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।

विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि पहिचान भएको एक सय ७० वर्षपछि नेपालले मापन थालेको हो। सगरमाथाको उचाइ अन्य देशले मापन गरे पनि नेपालले पहिलो पटक मापन सुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक भट्टले जानकारी दिए ।

‘हामी शताब्दीभन्दा पछि परेका छौं, विश्वव्यापी प्रविधि अपनाएर मापनलाई विश्वसनीय बनाउन लागिपरेका छौं’, भट्टले भने ।

मंसिर २५ र २६ मा अमेरिका, जपान, भारत, चीन, स्विजरल्यान्ड, इटाली र न्युजिल्यान्डका विज्ञसँग छलफल गर्दा आएको सुझावका आधारमा उचाइ मापन कार्य अघि बढाइएको विभागले जनाएको छ ।

छलफलमा दुई पटक उचाइ मापनमा प्रत्यक्ष संलग्न भएका इटालीका प्रोफेसर जीओरजीओ पोरेट्टी र अमेरिकाका प्रोफेसर रोगर विल्हाम समेत सहभागी थिए ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मापन कार्य गर्न ५० किलोमिटर टाढाको भारतीय भूमिबाट समुद्री सतहको आधार लिइनेछ । ८० प्राविधिक प्रत्यक्ष खट्ने भए पनि विश्वव्यापी मान्यता दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र अनुभवी सगरमाथा आरोहीको सहभागिता जुटाइनेछ । मापनका लागि करिब २५ करोड बजेट खर्च लाग्ने अनुमान गरिएको छ । भौगोलिक संरचना, भूकम्प र जलवायु परिवर्तनले हिउँ पग्लँदा उचाइ तल–माथि भएको हुन सक्ने अनुमान गरिएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

0 Comments