मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उमेदवार विजयी भएका छन् ।
प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मतका साथ विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याए ।
यस्तै प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र ‘क’ बाट इन्द्रधारा विष्ट ११६७ का साथ विजयी भएका छन् भने उनका निकटमक प्रतिबद्वन्द्वी कांग्रेसका मिङकर गुरुङले ६५७ ल्याएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र ‘ख’ बाट पनि गठठबन्धनकै महेन्द्रबहादुर थकाली २४८४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन् ।