२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुमा ज्वरोको प्रकोप, १२ को मृत्यु

अ+ अ-

मुगु । भाइरल ज्वरोले मुगुमा कम्तीमा १२ को मृत्यु भएको छ । जिल्लाका खत्याड, रोरु, गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत गाउँमा ज्वरोको प्रकोप महामारीका रूपमा फैलिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रिघा गाउँका बिउरासर पाण्डे, विष्णु जैसी, ऋषिसन्न उपाध्याय, सुकाढिककी पूर्वा कार्की, सेरी साटबाडका सिंहबहादुर बुढा, खमाले कवाकी, मागी रोकाया, पैखुगाउँका धनसिंह थापा, दलसुर थापा, छायानाथ राराका लालशोभा बुढा, धर्मकला शाही र एक वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला अस्पतालकी डा. मीना काफ्ले चौलागाईंले भाइरलकै कारण बिरामीको मृत्यु भएको बताइन् । निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले पनि गाउँमा भाइरल फैलिएको बताए । औषधिसहित अहेव ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार प्रभावित क्षेत्रतर्फ पठाइएको उनले बताए ।

करिब डेढ सय घरधुरी रहेको रिघा गाउँमा भाइरलले बालकदेखि वृद्धसम्म थला परेका छन् । ‘बिरामी कुर्ने मान्छे छैनन्, सारा ज्वरोले पल्टिएका छन्,’ रिघा गाउँकी कुसुमकली हमालले भनिन्, ‘औषधि किन्ने पैसा छैन, अरू कसैले औषधि ल्याइदिँदैनन् । हामी गरिबलाई ज्यान बचाउन मुस्किल भयो ।’

कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिँगटा लाग्ने, बान्ता आउने, आँखा दुख्ने, खाना नरुच्नेलगायत लक्षण बिरामीमा देखिएका छन् ।

जनस्वास्थ्य कार्यालयसँग औषधि किन्ने बजेट नभएको शर्माले बताए । रातापानीमा प्राथमिक स्वास्थ्य केन्द्र र गम्था, सेरी र खमाले गाउँमा स्वास्थ्य चौकी भए पनि सिटामोलसमेत नहुँदा बिरामी बचाउन कठिन भएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments