२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगको पत्र शिक्षा मन्त्रालयबाटै गायब

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले गत कात्तिक दोस्रो साता नै सम्बन्धन निर्णयमा असहमति जनाएर सीटीईभीटीलाई पठाएको पत्र शिक्षा मन्त्रालयले गायब बनाएको पाइएको छ । आयोगले निर्वाचन अवधिभर मात्रै सहमति नभएको व्याख्या गरेर चुनाव सकिएपछि निर्णय कार्यान्वयन गर्न पत्र नै गायब पारिएको स्रोतले जनाएको छ ।

सीटीईभीटी परिषदको असोज २२ को बैठकले २५ संस्थालाई ३४ वटा कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिने निर्णय गरेको थियो । उक्त निर्णयबारे असोज २४ मा आयोगसँग सहमति माग गरिए पनि आयोगको कात्तिक ७ को बैठकले सहमति नदिने निर्णय गरेको थियो ।

आयोगले आफ्नो निर्णय कात्तिक ८ मै शिक्षा मन्त्रालय पठाएको हो । मन्त्रालयले उक्त पत्र सीटीईभीटी पठाउनुको सट्टा गायब बनाएको हो । पत्र गायब बनाएको समाचार कान्तिपुरमा आएपछि सीटीईभीटीका सदस्य सचिव पुष्परमण वाग्ले पत्र खोज्दै शिक्षा मन्त्रालयसमेत पुगे । आयोगबाट पठाएको पत्र मन्त्रालयको उच्च शिक्षा तथा प्राविधिक महाशाखामा गए पनि नपाएको वाग्लेले बताए । ‘आयोगको निर्णय कार्यान्वयन गर्न तयार छौं,’ उनले भने, ‘हामीले बुधबारसम्म पनि चिठी पाएका छैनौं ।’

एक महिनाअघि आयोगबाट पठाएको पत्र सम्बन्धनको निर्णय गर्ने निकायमा नपुग्नुले पनि आर्थिक चलखेल भएको पुष्टि गरेको छ । मन्त्रालय स्रोतका अनुुसार आयोगबाट आएको पत्र मन्त्रीले लगेका छन् । शिक्षामन्त्री गोपालमान श्रेष्ठले पत्र आए पनि आफूले समेत नदेखेको भन्दै टार्ने गरेका छन् । ‘पत्र मन्त्रीले राखेका छन्,’ स्रोतले भन्यो, ‘किन राखेको हो ? हामीले पनि बुझ्न सकेनौं ।’ मन्त्रीका स्वकीय सचिव मेखलाल श्रेष्ठले निर्वाचनपछि आयोगले पठाएको पत्रअनुसार असोज २२ मा गरिएको निर्णय खारेज गर्ने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments