जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने भएको छ।

आइतबार बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस