२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद परिवार भन्छन्- हामी भोटबैंक मात्र भयौं

अ+ अ-

मलेठ । राजविराज–रुपनी सडक खण्डको छेउमै पर्ने मलेठ गाउँ पछिल्लो समय चर्चामा छ । राजविराज नगरपालिकाअन्तर्गत पर्ने मलेठलाई स्थानीयले ‘सहिद गाउँ’ समेत भन्छन् । गत फागुन २३ गते एमालेको मेची–महाकाली अभियान क्रममा भएको झडपमा प्रहरीको गोली लागेर यहाँ पाँचजनाको मृत्यु भयो । तीमध्ये तीनजना मलेठ गाउँकै बासिन्दा थिए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी प्रचार मलेठबाटै सुरु गरे । चुनावी रौनक थपिएसँगै दैनिकजसो मलेठमा उम्मेदवार तथा दलका नेता आवतजावत क्रम बढिरहेको छ । तर, जलहरी मलेठका ८५ वर्षीय गोसाइ मण्डल र उनकी बुहारी सोमनीदेवीलाई निर्वाचनले छोएको छैन । मलेठ घटनामा बूढेसकालको सहारा छोरा (पीताम्बर) गुमाएका मण्डललाई अझै सो घटनाले झस्काइरहन्छ ।

निर्वाचनमा आफ्नो पक्षमा मत माग्न आउने राजनीतिक दल र उम्मेदवारलाई गोसाइको एउटै प्रश्न हुन्छ, ‘उसले (पीताम्बर) के गल्ती गरेको थियो र गोली ठोकेको ?’

निरक्षर भए पनि राजनीतिप्रति सचेत मण्डलले छोराको हत्याको कारण खोजिरहेका छन् । ‘सहिद परिवार’ का पक्षमा बोल्ने दललाई मतदान गर्ने योजना उनको छ । तर, अहिलेसम्म दलका उम्मेदवार बिनायोजना र कार्यक्रम भोट माग्न आएको उनले सुनाए । ‘जितेपछि यहाँको विकास गर्छु, सहिद परिवारलाई हेर्छु भन्छन्, तर कुनै योजना नै छैन, कसरी पत्याउने ?’

मजदुरी गरेर कमाएको पैसाले बिहानबेलुका छाक टारिरहेको मण्डल परिवार अहिले बेसहारा छ । ‘पाँच वर्षअघिसम्म त काम गर्थें,’ उनले भने, ‘तपाईं बूढो हुनुभयो अब काम गर्नुपर्दैन भन्थ्यो, तर उसै (छोरा) लाई गुमाउनुपर्यो । मलाई जस्तो दुःख अरूलाई नपरोस् ।’

बुहारी र दुई नातिसँग बस्दै आएका मण्डल सहिद परिवारका लागि १० लाख रुपैयाँ नभएर रोजगारी दिए गुजारा चलाउन सजिलो हुने बताउँछन् । पीताम्बरका दुई छोरा र दुई छोरी छन् । छोरीको विवाह भइसके पनि छोराहरूको पढाइलेखाइ छैन । १८ वर्षका जेठा छोरा दर्शनले कक्षा आठ पढ्दापढ्दै पैसा नभएर स्कुल छाडेका हुन्।

एकपटक तीन ठूला नेतालाई भेट्न इच्छा गोसाइको छ । ‘शेरबहादुर देउवा, पुष्पकमल दहाल र बाबुराम भट्टराईसँग भेट भयो भने मेरो छोरा किन मारियो भनेर सोध्थें’, उनले भने, ‘उनीहरूलाई अग्रह गर्थें, हात जोडेरै भन्थें सबैजना बाँडीचुँडी सत्ता भोग्नुस् तर कसैको सन्तानलाई अनाहकमा मार्ने काम नगरिदिनुस् ।’

गोसाइ मात्रै हैन । पछिल्ला आन्दोलनमा ज्यान गुमाएका अधिकांश परिवारको अवस्था चिन्ताजनक छ । मलेठ घटनामा प्रहरीको गोली लागेर पीताम्बर, वीरेन्द्र महतो, सञ्जन मेहता, इनर यादव र आनन्द साहको ज्यान गएको थियो । पीताम्बर, वीरेन्द्र र सञ्जन मलेठकै बासिन्दा थिए । मलेठ घटनासहित मधेस आन्दोलनका क्रममा सप्तरीबाट ११ जनाको मृत्यु भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments