२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

अ+ अ-

काठमाडौं । मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् । वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् ।

सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समात्र हुन्छन् । ‘साप्ताहिक बिदा, सार्वजनिक बिदा र सिफ्ट बाडिँदा ड्युटीमा दुईजनामात्र हुन्छौं,’ वार्डकी नर्स निर्मला रेग्मीले भनिन् ।

अस्पतालकै पेइङ वार्डका ४० शड्ढयाका लागि पनि दुईजनामात्र नर्स छन् । अस्पतालका अन्य वार्डको अवस्था पनि उस्तै छ । ‘सबै वार्डमा नर्स अपुग छन्,’ अस्पतालकी मेट्रोन निवारण जोशीले भनिन्, ‘नर्सकै अभावमा ५२ शड्ढयाको सिआइसियूमा ३४ शड्ढयामात्रै सञ्चालनमा छन् ।’

कामको चापले अस्पतालका नर्स सधैं तनावमा हुन्छन् । ‘दुईजनाले पालैसँग औषधि दिँदा बिरामीले समयमा औषधि पाउनै सक्दैनन्,’ नर्स हरिमाया वाग्लेले भनिन् । नर्स तनावमा हुँदा गल्ती हुने सम्भावना पनि उत्तिकै हुने उनले बताइन् । ‘औषधिको मात्रा मिलेन भने बिरामीको ज्यान जोखिममा पर्छ,’ उनले भनिन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments