२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसले गठबन्धन अझै कस्ने

अ+ अ-

काठमाडौं । वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ । प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो । राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन् ।

कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस–मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुनेछ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको हो । निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन् । प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन् ।

विराटनगरबाट नेता रिजालले लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिने प्रयासस्वरूप मधेसकेन्द्रित दलहरूसँग कुरा भइरहेको खुलाए । ‘लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिन राजपालगायत साथीहरूसित प्रयास भइरहेको छ,’ रिजालले भने, ‘हामी यसलाई ठोस स्वरूपमा ल्याउन कुराकानी गरिरहेका छौं ।’ प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले क्षेत्रीय स्तरमा कार्यगत एकता प्रयास भइरहेको बताए ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा सहकार्यका लागि कुराकानी भइरहेको जानकारी दिए । उनले अहिलेसम्म ठोस सहमति बनिनसके पनि प्रदेश २ का लागि समझदारी बन्न सक्ने सम्भावना औंल्याए । ‘अहिलेसम्म ठोस निर्णय भइसकेको छैन, काठमाडौंमा हाम्रा साथीहरू कांग्रेससँग कुराकानीमा हुनुहुन्छ,’ यादवले भने ।

यसअघि असोज १७ गते एमाले र माओवादीबीच गठबन्धन बनेको २४ घन्टा नबित्दै कांग्रेसले राप्रपा प्रजातान्त्रिक लगायतसँग सहकार्य गर्ने घोषणा गरेको थियो । त्यसयता लोकतान्त्रिक गठबन्धनले विभिन्न चुनाव क्षेत्रमा उम्मेदवारबीच सहमति निर्माण गर्न खोजे पनि वाम गठबन्धनको तुलनामा अड्चनहरू झेल्नुपरेको थियो ।

मधेसवादीसँग औपचारिक सहमति नबन्दै कांग्रेसले फोरम अध्यक्ष यादव र राजपा अध्यक्ष ठाकुरलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता गराइसकेको थियो । तर, धनुषामा निधि र राजपाका अर्का अध्यक्ष राजेन्द्र महतोबीचको टकराव व्यवस्थापन गर्न दुवै पक्षलाई अप्ठ्यारो परेको छ। फोरमका केन्द्रीय नेता योगेन्द्र यादवले भने, ‘प्रदेश २ को मुख्य भिडन्त भनेको निधि र महतोकै हो, त्यसलाई मिलाउन सकियो भने गठबन्धन प्रयास अघि बढ्छ । नत्र भन्न सकिन्न ।’

राजपा नेता वृषेशचन्द्र लालले कांग्रेस र आफ्नो दलका राष्ट्रिय अध्यक्षका लागि एकअर्कालाई सघाउने दुईपक्षीय नीति बन्न सक्ने तर प्रदेशसभामा भने प्रतिस्पर्धा नै हुने बताए । यसअघि केही चरणका बैठकमा गठबन्धन प्रयास भए पनि असफल भएकाले अब उम्मेदवार विशेषका लागि सहयोग आदानप्रदानमा छलफल केन्द्रित हुने उनले जानकारी दिए । ‘अहिले त्यसैका लागि कुराकानी भइरहेको हो, छुट्टै गठबन्धन भनेर जान अलिकति ढिला भइसक्यो,’ लालले भने, ‘तैपनि हेरौं, शीर्ष नेताको तहमा के कुरा हुन्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments