२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘छोरालाई अस्पतालसमेत लैजान पाइएन’

अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए ।

‘उनको अभावमा हाम्रो परिवारलाई ठूलो चोट परेको छ, अस्पतालसमेत लैजान पाइएन प्रकाशलाई,’ दाहालले सोमबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने, ‘राष्ट्रप्रति हाम्रो दायित्व छ भन्ने अनुभूतिले हामीलाई शोकभन्दा माथि उठ्न शक्ति दिएको छ ।’

दाहालले छोरा प्रकाशबाट चुस्त प्रेस सम्बन्ध र अन्य आन्तरिक व्यवस्थापनमा ठूलो सहयोग गरेको सम्झना गरे । राजनीतिक विषयमा समेत छोराका सल्लाहहरू महत्वपूर्ण हुने गरेको उनले स्मरण गरे ।

राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत विभिन्न पार्टी नेता, कूटनीतिक नियोग प्रमुख, विभिन्न क्षेत्रका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट्दै समवेदना दिएका थिए । आइतबार बिहान हृदयाघातका कारण निधन भएका प्रकाशलाई श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्न दाहाल निवासमा सोमबार दिनभरि भीड लागेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस