२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व अनुसन्धानका कर्मचारीलाई व्यापारीले गरे ढुंगामुढा

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दुःख दिएको भन्दै एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मङ्गलवार ढुंगामुढा भएको हो ।

स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 

राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा-मिर्चैया खण्ड मङ्गलवार दिउँसो आवागमन अवरुद्ध गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 

असोज ४ मा टोलीले मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मङ्गलवार गएको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए ।