२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनले जोडिए समुदाय

अ+ अ-

काठमाडौं । एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप हुइँकिइरहेका थिए । भोजपुरी गीत घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको यो नै घरदैलो सुरुआत थियो ।

‘उत्तर चुरेदेखि दक्षिण सीमासम्म निर्वाचन क्षेत्र छ । कहाँबाट सुरु गर्ने भन्ने नसोची सुदूर दक्षिणतिर आइयो,’ बारा १ का उम्मेदवार मैनालीले भने, ‘एमाले मधेसविरोधी भन्ने भ्रम फैलाइएको छ । त्यसमाथि म पहाडे समुदायको, बढ्ता मन जित्नुपर्ने यतै हो । र, यो सम्बन्ध सुमधुर बनाउने अवसरसमेत भएकाले मधेसको आँगन सबैभन्दा पहिला रोजेको हुँ ।’

ठीक उल्टो– त्यही क्षेत्रका राजपा उम्मेदवार रामकिशोर यादवले उत्तरमा पर्ने निजगढबाट साताअघि निर्वाचन अभियान थाले । ‘पहाडी समुदायका दाजुभाइ–दिदीबहिनीले मेरो नाम सुन्नुभएको थियो, अनुहार देख्नुभएको थिएन । म कस्तो छु, को हुँ भन्ने उहाँहरूमा चासो पाएँ,’ उनले भने, ‘मलाई एकचोटिलाई विश्वास गर्नुहोस् भनेर उहाँहरूसँग हात जोड्नेछु । आशा छ, राम्रै भोट पाउनेछु ।’ उनी बिहीबार कोल्बीमा प्रचारप्रसारमा थिए । त्यो थारू बाहुल्य मिश्रित बसोबास इलाका हो ।

बारा र पर्सामा प्रतिनिधिसभामा ४र४ निर्वाचन क्षेत्र छन् । दुवै जिल्लाका आठै क्षेत्र उत्तरदेखि दक्षिणसम्म छुवाइएका छन् । दुवै जिल्लामा उत्तरतिर पहाडी, बीचमा थारू र दक्षिणतिर मधेसी समुदायको बसोबास छ । निर्वाचन क्षेत्र निर्धारण यसरी गरियो, आफ्नै समुदायकै मतका भरमा मात्र कसैले पनि जित्ने स्थिति रहेन । उम्मेदवार र नेताहरू अर्को समुदायमा गई घुलमिल हुनुपर्ने भएकाले रहलपहल मनमुटाव हटाई सामाजिक सद्भाव कायम गराउन यो निर्वाचन उपयोगी बनेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments