२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ४, सहज छैन शीर्ष नेतालाई

अ+ अ-

पोखरा/गोरखा । प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखी ‘डन’को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश–४ का जिल्लामा चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका ‘हेभीवेट’ नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ ।

माओवादी छाडेर नयाँ शक्तिको संयोजन गरेका डा। बाबुराम भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ । दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्नेमा अनुमान गर्न सहज छैन । त्यस्तै तनहुँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ । पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पार्टीको आन्तरिक गुटवन्दीले अप्ठयारो पारिदिएको छ ।

युवा नेता रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भएपनि चर्चा बटुलेको छ । स्याङ्जा पनि हेभीवेट नेता गोपालमान श्रेष्ठका कारण अन्यत्रको तुलनामा चर्चामा छ । मनाङमा ‘डन’ उम्मेदवारको रुपमा चिनिएका दिपक मनाङे ९राजीव गुरुङ० का कारण सबैतिर चर्चा चलिरहेको छ । पार्टीभित्र हाई प्रोफाइल बनाए पनि निर्वाचनमा आफ्नो पक्षमा जित दर्ता गर्न हेभीवेट र चर्चित नेतालाई सहज नभएको विश्लेषक बताउँछन् ।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल ४ नं। प्रदेशभित्रका कुनै पनि शीर्ष नेतालाई निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सहज नभएको बताउँछन् । ‘पार्टीभित्र जति नै बलियो भए पनि मतदाताको मन पगालेर आफ्नो पक्षमा भोट तान्न नेतालाई फलामको च्युरा चपाएसरह छ,’ उनले भने, ‘प्रतिस्पर्धा बढेकाले सहजै भन्न सकिन्न । यसपटक वाम दलबीचको गठबन्धनले पनि थोरै फरक पार्न सक्छ ।’

दाहालको विश्लेषणमा तनहुँ–१ का कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल सबैभन्दा हेभीवेट नेता हुन् । पौडेल प्रधानमन्त्रीकै दाबेदार हुन् । पौडेललाई यो अन्तिम मौका रहेको उनी बताउँछन् । गृहमन्त्रीसमेत भइसकेका कांग्रेसकै नेता गोविन्दराज जोशीको असहयोगले पौडेललाई निर्वाचनमा जित निकाल्न कठिनाइ हुनसक्ने उनी बताउँछन् । ‘जोशीका कारण केही मत घट्न सक्छ । कहिलेकाहीं त्यही घटेको मत पनि पराजयलाई पर्याप्त हुन सक्छ,’ उनले भने।

अहिले क्षेत्र विभाजन हुँदा तनहुँ–१ कांग्रेसको बाहुल्य रहेको क्षेत्रको रुपमा चिनिएको छ । कांग्रेसका अधिक मतादाता रहेको क्षेत्र व्यास नगरपालिकाको अधिकांश भूभागसहित क्यामिन, घाँसीकुवालगायतका क्षेत्र त्यसमा पर्छन् । ती सबै क्षेत्र कांग्रेसको पक्षमा छन् । त्यसले पौडेललाई थोरै सहज भए पनि उनलाई जोशीको असहयोगको त्रास रहेको विश्लेषक दाहालको भनाई छ ।

कुनै बेला समान हैसियतमा रहेर काम गरेका नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् । भट्टराई र श्रेष्ठ गोरखा–२ बाट उम्मेदवार बनेका छन् । प्रदेश नं। ४ भित्रको गोरखा–२ अहिले भट्टराई र श्रेष्ठकै कारण चर्चामा छ । भट्टराई कांग्रेसको साथ लिएर चुनावी मैदानमा होमिएका छन् भने श्रेष्ठ एमालेसँगको गठबन्धनबाट उभिएका छन् । माओवादीमा रहँदा यी दुवै नेता पार्टीको शीर्ष तहमा थिए । माओवादीमै छँदा भट्टराईले प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए भने श्रेष्ठ माओवादी सरकारमा उपप्रधानमन्त्रीसम्म बन्न भ्याएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments