२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण

अ+ अ-

म्याग्दी । दैनिक दर्जनौं निजी तथा भाडाका सवारी साधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेनी नगरपालिकाभित्रको गलेश्वर राहुघाट नदीमा बनेको बेलिब्रिज मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ ।

जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारी साधनको चापसँगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने त्रास बढेको छ ।

पुलको बीच र आसपासमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभागसमेत बेखबर भएको स्थानीय अमृतमान शेरचनले बताए ।

पुलमा परेको प्वालमा ठूला सवारी साधनका पाङ्ग्राले क्षति पुगेको गलेश्वरका मोहन केसीले बताए । नेपाली सेनाले निर्माण गरेको पुलको २०६४ असोज ३० गते तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवालले उद्घाटन गरेका थिए ।

यसैबीच बेनी–जोमसोम सडकखण्डअन्तर्गत रहेका बेलीब्रिजको मर्मत सम्भारको आवश्यकता देखिएको छ । बेगखोलामा रहेको पुललाई गत भदौमा बाढीले बगाए पनि निर्माण हुन सकेको छैन । यसैगरी म्याग्दी र मुस्ताङखण्डमा रहेका चार वटा पुलको मर्मत हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस