२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा ३ करोडको घर किन्दै आरजु

अ+ अ-

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले पर्यटक उम्मेदवारको चर्को नारा लागेपछि धनगढीमा घर किन्ने भएकी छिन् । बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् । धनगढी–४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधासम्पन्न घर उनले किन्न लागेकी हुन् ।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासँग कुरा गरिरहेकी थिइन् । कुरा मिलेमा घर किन्ने तयारीमा रहेको उनले बताइन् । ‘कुरो चलिरहेको छ, मिलेमा किन्छु,’ उनले भनिन् । पर्यटक उम्मेदवार भनेर विपक्षीले चर्को नारा लगाएपछि मतदातालाई भड्किन नदिन उनले धनगढीमा घर किन्ने निर्णय गरेकी हुन् । ‘म २५ वर्षदेखि यहाँ आइरहेकी छु, म कसरी पर्यटक भएँ रु नियमित यहाँ बस्नका लागि घर किन्ने तयारीमा छु,’ उनले भनिन् ।

हसनपुरलगायत केही ठाउँमा किन्नका लागि उनका सहयोगीले घर हेरेका थिए । शारदा हमालको सुविधासम्पन्न घर मन परेपछि किन्ने निधो गरेको उनका निकट एक कार्यकर्ताले बताए । ३ कठ्ठा ३ धुर जमिनमा ६५ वर्गफिटमा यो घर रहेको छ । अट्याच बाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अट्याच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा छ । ३ करोडमा घर किन्ने कुरो भएको बुझिएको छ । बैना गरेको लगायतका कागजपत्र लगेर घर किन्नका लागि सेन्चुरी बैंकमा आरजुले कुरो चलाएको स्रोतले बताएको छ । यसअघि दोस्रो संविधानसभामा प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लडेको धनगढी उपमहानगरपालिका रहेको कैलाली ५ मा कांग्रेसबाट आरजु चुनावी मैदानमा छन् । स्थानीय जनताको पहुँच नहुने पर्यटक उम्मेदवार भन्दै विपक्षीले चर्को चुनावी मुद्दा उठाएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments