२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी मैदानमा दुई दर्जन ठेकेदार

अ+ अ-

काठमाडौं । निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुई दर्जन व्यवसायीलाई दलहरूले चुनावी मैदानमा उतारेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेका छन् । ‘निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण व्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ,’ महासंघका महासचिव रामशरण देउजाले भने, ‘सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठेको अनुमान छ ।’ संविधानसभाबाट सांसदमा परिणत भएको यसअघिको सदनमा १७ निर्माण व्यवसायी सदस्य थिए ।

महासंघमा १२ हजार ५ सय निर्माण व्यवसायी आबद्ध छन् । कतिपय जिल्लामा साना–साना निर्माण व्यवसायी भएकाले जानकारीमा आउन नसकेको देउजाले बताए । ‘निर्माण व्यवसायीको सञ्जाल जिल्ला–जिल्लामा रहेकाले सबै संख्या यकिन हुन सकेको छैन,’ उनले भने । राजनीतिक दललाई आर्थिक सहयोग पुग्ने र व्यवसायी पनि सुरक्षित हुन पाउने भएकाले राजनीतिमा प्रवेश गर्ने गरेको एक व्यवसायीले बताए । ‘दलहरूलाई पनि सहयोग चाहिन्छ, व्यवसायीलाई पनि सुरक्षासँगै आफूअनुकूल कानुन बनाउन सहज हुने भएकाले निर्वाचनमा जाने गरेका हुन्,’ ती व्यवसायीले भने, ‘निर्वाचनमा जान नसक्नेहरू दलहरूलाई प्रभावित गरेर समानुपातिकमा भए पनि बस्ने गरेका छन् ।’

महासंघको सूचीअनुसार ११ व्यवसायी प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई राप्रपाले चुनावी मैदानमा उतारेको छ । उनी चितवन ३ बाट प्रत्यक्षतर्फ प्रत्याशी बनेका छन् । उनी पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भिड्दै छन् । रसुवा कन्स्ट्रक्सनका मोहन आचार्यलाई कांग्रेसले रसुवाबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उठाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments