२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किशोरकिशोरीका अमेरिका सपनाः कलिलैमा अवैध बाटो

अ+ अ-

काठमाडौं । हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोरकिशोरीसमेत रहेको खुलासा भएको छ । अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोरकिशोरी रहेको जानकारी नेपाली दूतावासलाई दिएको छ ।

आठ/नौ कक्षा पढ्दै गरेका विद्यार्थीसमेत यसरी अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउँदै कूटनीतिक जानकारी दिएको हो । अमेरिका जाने गौंडाका रूपमा रहेका कोस्टारिका र पानामाले समेत केही माइनर केन्द्रमा नेपाली रहेको जानकारी अमेरिकास्थित नेपाली दूतावासलाई दिएका छन् । विद्यालय शिक्षा पूरा गर्नुपर्ने उमेरका नेपाली किशोरकिशोरी यसरी अवैध रूपमा बाहिरिनु निकै गम्भीर रहेको भन्दै अमेरिकाले नेपाली दूतावासलाई सोधेको हो ।

अमेरिका प्रवेश गरेका किशोरकिशोरीसँग कुनै कागजात हुँदैनन् र उनीहरू कति उमेरका हुन् भन्ने जानकारी नै हुँदैन । तर उनीहरू झट्ट हेर्दा निकै कम उमेरका देखिन थालेपछि नेपालबाट उनीहरूको विवरण मगाएरै अमेरिकाले दूतावासलाई जानकारी दिएको परराष्ट्र अधिकारीले बताए । वासिङटन डीसीस्थित नेपाली दूतावासका अनुसार अहिले पनि अमेरिकी केन्द्रमा १६ किशोरकिशोरी छन् । केहीको पुष्टि हुन बाँकी छ । केही उमेर पुगेर जेलमा स्थानान्तरण गरिएका छन् भने केही वकिलको सहायतामा त्यहीँ काम गरेर कागज बनाउने प्रक्रियामा छन् । किशोरकिशोरीलाई समेत मानव तस्करले प्रभावमा पारेर विदेश लैजान थालेपछि अमेरिका गम्भीर बनेको दूतावासले जनाएको छ । अमेरिकी सरकारले जानकारी दिएभन्दा बढी किशोरकिशोरी रहेको अनुमान दूतावासको छ ।

अहिले दिइएको तथ्यांकमा दुई किशोरीसमेत रहेको अधिकारीहरूले बताए । युवाका विषयमा खासै गम्भीर नबनेको दूतावास किशोरकिशोरीसमेत भेटिएपछि गम्भीर बनेको उल्लेख गर्दै एक अधिकारीले भने, ‘अमेरिकी चासो बढेपछि दूतावास झस्केको हो ।’ यो जानकारी दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा समेत पठाएको छ ।

‘हो, अवैध रूपमा अमेरिका प्रवेश गर्नेमा माइनर (कम उमेर) समेत परेपछि हामी थप गम्भीर भएका छौं । पहिले पनि जालो तोड्न हामीले मेहनत गरेका हौं तर सकिएको छैन, प्रयास जारी छ,’ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्ज‘न कार्कीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments