काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेपछि मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ, डिजल र मट्टितेलमा एक रूपैयाँ ५० पैसा र ग्यास प्रतिसिलिन्डरमा २५ रूपैयाँका दरले मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । आजको नागरीक दैनिकमा खबर छ ।