२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीकै कार्यकक्षमा दुई सातादेखि ताला

अ+ अ-

काठमाडौं । मुलुकको गृह, परराष्ट्र, सामान्य प्रशासनजस्ता महत्वपूर्ण मन्त्रालयका मन्त्रीका कार्यकक्षमा दुई सातादेखि ताला लाग्दै आएको छ । मुलुकका ६ वटा मुख्य मन्त्रालय मन्त्रीविहीन भएपछि ती मन्त्रालयका महत्वपूर्ण काम अवरुद्ध भएका छन् । दुई सातादेखि गृह, परराष्ट्र, सामान्य प्रशासन, शान्ति तथा पुनर्निर्माण, विज्ञान तथा प्रविधि र पशुपक्षी विकास मन्त्रालयमा मन्त्री छैनन् ।

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन् । प्रधानमन्त्री मन्त्रालयहरूमा नजाँदा सबै मन्त्रालयमा मन्त्रीको सचिवालय र कार्यकक्षमा ताल्चा ठोकेर राखिएको हो। ‘घरमा मूली नभएपछि घरको अवस्था जसरी भद्रगोल हुन्छ त्यसरी नै मन्त्री नभएपछि मन्त्रालय पनि भद्रगोल हुन पुगेको छ’, मन्त्रालयका कर्मचारीको गुनासो छ ।

मन्त्रालयमा प्रत्यक्ष रूपमा मन्त्री नहुँदा त्यसको सबैभन्दा बढी प्रभाव मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालयमा परेको छ । निर्वाचन नजिकिँदै गरेको र निर्वाचन गराउने प्रमुख दायित्व गृहमन्त्रीको भएकाले मन्त्री मन्त्रालयमा नहुँदा गम्भीर समस्या आउन सक्ने मन्त्रालयकै एक वरिष्ठ अधिकारीले बताए ।

‘निर्वाचनको समयमा रातदिन खटिनुपर्ने र सुरक्षा सम्बन्धमा तुरुन्त महत्वपूर्ण निर्णयसमेत गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीलाई खोज्दै दौडिनुपर्ने अवस्थाले सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुन सक्छ’, गृहका ती अधिकारीले भने। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments