२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ लाख ७५ हजार नक्कली नेपाली मुद्रासहित ९ पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले करिव ५२ लाख ७५ हजार नक्कली नेपाली मुद्रासहित ९ जनालाई पक्राउ गरेको छ । रुपन्देहीबाट बिहीबार बिहान काठमाडौँ आउँदै गरेको लु १ प ५ नम्बरको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।

यस्तै प्रहरीले गोङ्गबुबाट १७ लाख २ हजार नक्कली नोट बरामद गरेको थियो । नागढुंगामा बसको ढोकासँगै रहेको डिकी जाँच गर्ने क्रममा चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको थियो ।

प्रहरीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार दुई ठाउँबाट ५२ लाख ७५ हजार नक्कली नेपाली मुद्रा बरामद गरेको हो ।

बिहीबार काठमाडौँ थानकोट, गोङ्गबु र भक्तपुरबाट नेपाली नक्कली नोट र नोट बनाउन प्रयोग गरिने सामानसहित केही व्यक्ति पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा भक्तपुर चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँस्थित सिन्धुपाल्चोक बलेफी नगरपालिका-७ का ४० वर्षीय अर्जुन सुवेदीको कोठाबाट नक्कली नोट सहित नोट बनाउन प्रयोग गरिएको सामान बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घर भई चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँ बस्ने ४० वर्षीय अर्जुन सुवेदी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भई काठमाडौँ मुलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, २३ वर्षीय श्रीकृष्ण भण्डारी, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घरभई पेप्सीकोला सनसिटी बस्ने २६ वर्षीय सुशील कार्की, सोही स्थानका ३२ वर्षीय शिव भण्डारी, नवलपरासी पश्चिम सरावल गाउँपालिका–१ की ३५ वर्षीया पार्वती नेपाली छन् ।

त्यस्तै, गुल्मी मुसीकोट नगरपालिका-२ वडागाउँ घर भई सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई काठमाडौं मातातिर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा, झापा घर भई सामाखुसी बस्ने २४ वर्षीय युवराज राई छन् ।

प्रहरीले उनीहरूको साथबाट १ हजार दरको नेपाली जाली नोट १ हजार ५०० थान (१५ लाख रुपैयाँ बराबरको नक्कली नोट), कलर प्रिन्टर १ थान, कम्प्युटर १ थान (सेट), मोबाइल १२ थान बरामद गरेको भक्तपुर प्रहरीले जनाएको छ ।