२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साझा भण्डार सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सहकारीको जग्गा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खडका, सञ्चालक समितिका सदस्यहरूसमेत ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार लिमिटेडका तत्कालीन अध्यक्ष खड्का, सञ्चालक समितिका तत्कालीन सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध मुद्दा दायर भएको छ।

त्यस्तै तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्य, दैलेख घर भई काठमाडौँको टोखा-३ बाँसबारी बस्ने गीताकुमारी शाही र बाँके कोहलपुर-११ का सुरोज गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको प्रवक्ता दाहालले बताए।

साझा भण्डारको नाममा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ को ०-२–० क्षेत्रफल भएको र बाँके कोहलपुर तत्कालीन गाविस वडा नम्बर ३ को ०-२-१७ क्षेत्रफलको जग्गा उनीहरूले बिक्री गरेको आरोप छ।

अनुचित लाभ लिएर कम मूल्यमा जग्गा बिक्री गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

अनुसन्धान हुँदा उनीहरूले बिना आधार र हचुवाको भरमा जग्गाको मूल्य कम राखेर बिक्री गरेको प्रवक्ता दाहालले बताए।

तत्कालीन अध्यक्ष खड्का, सदस्य राजवंशी, मानन्धर, थापा, न्यौपाने र थापाविरुद्ध दुवै जग्गाको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

उनीहरूले संस्थालाई ४ करोड ४ लाख २४ हजार १८१ रुपैयाँ घाटा पुर्‍याएको भन्दै उक्त बिगो कायम गरी अख्तियारले कैद र जरिवानाको मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस