२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित

अ+ अ-

काडमाडौं । चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन् । उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् । थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखाबाट सादा पोसाकमा छड्के पठाएका थिए । त्यस क्रममा चालकहरूसँग लिएको घुस रकमसहित उनीहरू पक्राउ परेका थिए । महाशाखाले निलम्बनमा गरी उनीहरूमाथि कारबाही अघि बढाएको छ।

यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ । इन्चार्जसहित नागढुंगामा कार्यरत १६, थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो । त्यस्तै, कलंकी प्रभागमा कार्यरत नौजना ट्राफिक पनि महाशाखामा तानिएका छन् । लामो समयदेखि कार्यरत ट्राफिक प्रहरीलाई बदमासीको आशंकामा महाशाखाले तानेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments