२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौर हत्याकाण्ड सङ्घर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति

अ+ अ-

काठमाडौँ । रौतहटको गौर हत्याकाण्डका पीडितद्वारा गठित सङ्घर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति भएको छ ।

मङ्गलवार मन्त्रालय र सङ्घर्ष समितिका प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २०६३ चैत ७ गते भएको त्यस घटनालाई लिएर परेका जाहेरीसमेतलाई आधार मानेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइने उल्लेख छ ।

यस्तै मन्त्रिपरिषद्‍बाट सहिद घोषणा भएका घटनाका मृतकको नाम राजपत्रमा प्रकाशित गरिने, सहिद घोषणा हुन बाँकीका हकमा पनि प्रक्रिया अगाडि बढाइने, उपचार गराइरहेका घाइतेलाई उचित प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र उपचार खर्चका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

गृह मन्त्रालयका तर्फबाट प्रवक्तासमेत रहेका सहसचिव नारायणप्रसाद भट्टराई र संघर्षत समितिका तर्फबाट समिति अध्यक्ष रुपसागरदेवी उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।