२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापी अधिकृतविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय चाबहिलमा कार्यरत तत्कालीन नापी अधिकृत पुरीविरुद्ध रु. १ करोड, ४ लाख, ३ हजार, ९ सय ४१ रुपैयाँ ८३ पैसा बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

२०५२ साल पुस ०९ गते देखि २०७९ असार मसान्तसम्मको सवा अवधिमा नापी अधिकृत पुरीको आयतर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, निजको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा प्राप्त आयसमेत गरी रु. १ करोड, १९ लाख, ७७ हजार, ७४८ रुपैयाँ ६९ प्राप्त गरेको र व्ययतर्फ श्रीमतीको नाममा जग्गा खरिद गर्दाको रकम र रजिष्‍ट्रेशन दस्तुर, घर निर्माण खर्च, अध्ययन खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, शेयर खरिद, लाभ कर, विदेश भ्रमण खर्च, बिमा प्रिमियम, सवारी साधन खरिद र विद्युतीय सामान खरिदसमेत गरी रु. दुई करोड चौबीस लाख एकासी हजार छ सय नब्बे रुपैयाँ बाउन्न पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारको ठहर छ । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार व्ययको तुलनामा पुरीले प्राप्त गरेको आय रकम रु. एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रुपैयाँ त्रियासी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको हो । 

सार्वजनिक सेवाको पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।